आइएमई लाइफसहित आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२४ साउन, काठमाडाैं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको छ । आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । यस दिन कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ४७ लाख ९४ हजार रुपैयाँ ,नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख ९९ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख ११ हजार रुपैयाँ र सोल्टी होटलको ५ करोड ३४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १५:२२












