११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

आइएमई लाइफसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे कति भयाे काराेबार ?

२३ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८.४० अकंले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको छ । मंगलबार २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७० लाख १४ हजा रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा पनि आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १७ करोड ८९ लाख ३२ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ७८ लाख ३२ हजार , एभरेष्ट बैंकको ४ करोड ४३ लाख ३९ हजार रुपैयाँ, सिइडिबी हाइडेपावरको ४ करोड १८ लाख २३ हजार रुपैयाँ र सोल्टी होटलको ४ करोड ९ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:२७