१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सुपरमाई हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ११.५३ प्रतिशतले घट्याे, इपिएस कति ?

२३ साउन, काठमाडाैं । सुपरमाई हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.४० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

याे अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २१ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ। याे अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ११.५३ प्रतिशतले कम हाे । अघिल्लो वर्षकाे यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीकाे अन्य इक्विटीमा ५५ करोड ४५ लाख रुपैयाँ रहेको छ।  कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेर ११ रूपैयाँ ०६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९१ पैसा रहेको छ।

प्रकाशित मिति : August 8, 2023 at 2:53 pm