११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

आइएमई लाइफमा झुम्मिए लगानीकर्ता, आज कुन कम्पनीकाे कति भयो कारोबार ?

२२ साउन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३.२१ अकंले घटेर २०४८.२६ बिन्दुमा बन्द भएको छ । सोमबार ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा पनि आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजार रुपैयाँ, सोल्टी होटलको ७ करोड ५७ लाख ५८ हजार रुपैयाँ, एभरेष्ट बैंकको ६ करोड ७१ लाख ५८ हजार रुपैयाँ र शिवम् सिमेन्ट्सको ६ करोड ३३ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १५:१८