२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

पत्रकार घर्तीमगरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न सञ्चारिका समूहको माग

२१ साउन, काठमाडाैं । पत्रकार शान्ति घर्ती मगरलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति सञ्चारिका समूह नेपालले ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारिका समूह नेपालका महासचिव वसन्ती वास्ताेलाले विज्ञप्तिमार्फत् गोलखबर डटकममा कार्यरत पत्रकार घर्ती मगरमाथि आदीवासी जनजाति तामाङ समुदायकाे आन्दोलनकाे समाचार संकलनकाे क्रममा कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग पनि गरेकी छन् ।

जनजाति संस्कारविरुद्ध अभिव्यक्ति दिनेलाई पक्राउ गरी कारबाहीको माग राख्दै साउन १८ गते बिहीबार काठमाडौंको टेकुस्थित जिल्ला प्रहरी परिसरमा भएको धर्ना कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार घर्तीलाई टेकु प्रहरीले नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटपिट गरेका थिए ।

सञ्चारिका समूहद्धारा जारी विज्ञप्तिमा भनिएकाे छ, “यस निन्दनीय घटनाप्रति सञ्चारिका समूह खेद व्यक्त गर्दछ र घटनामा संलग्न रहेका दोषीलाई कारबाही तथा पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गर्दछ” ।

प्रकाशित मिति : August 6, 2023 at 2:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/