९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एभरेष्ट बैंकको नाफा ३६.८५ प्रतिशतले बढ्याे, वितरणयाेग्य मुनाफा ४ अर्ब ३३ करोड

२१ साउन, काठमाडाैं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा ३६.८५ प्रतिशतले बढेकाे हाे । अघिल्लाे वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँ नाफा कमाएकाे थियो।

याे अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता ४२ प्रतिशत बढी रहेको छ। चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेकाे बैंककाे जगेडा कोषमा १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको छ ।

बैंकको सञ्चालन मुनाफा ३६.५१ प्रतिशतले बढेर  ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।  यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७४ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड रुपैयाँ भएको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३१.७२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंककाे ईपीएस २६.३० रुपैयाँ थियो। पीई रेसियो १७.७५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 6, 2023 at 1:59 pm