२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, लाभांश क्षमता ८.१८ प्रतिशत

२१ साउन, काठमाडाैं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ। बैंकको सञ्चालन मुनाफा ४.११ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ६५ करोड रुपैयाँ थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ भएको छ।  चुक्ता पूँजी  १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ८.२२ प्रतिशत बढेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ। अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.९२ रुपैयाँ थियो। पीई रेसियो १२.१७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 6, 2023 at 1:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/