९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

४९.४५ प्रतिशत बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, चुक्ता पुँजी २१ अर्ब ६७ करोड

२१ साउन, काठमाडाैं । हालै मर्ज भएको लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ छ भने बैंकको जगेडा कोष १४ अर्ब ५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५८.८९ प्रतिशत बढेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ।  समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी  (ईपीएस) २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसा कायम भएकाे छ । बैंकको पीई रेसियो १६.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ।

प्रकाशित मिति : August 6, 2023 at 12:58 pm