१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

ग्लोबल आईएमई बैंकको खुद नाफा बढ्याे, वितरणयोग्य मुनाफा करिब ३ अर्ब

२१ साउन, काठमाडाैं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०८ प्रतिशत पुगेको छ। बैंकको सञ्चालन मुनाफा ४४.२६ प्रतिशतले बढेर १० अर्ब ३६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३६ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्षकाे यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब २८ करोड रुपैयाँ रहेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा कायम भएको छ। पीई रेसियो ८.९६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 6, 2023 at 11:21 am