७ असार २०८३, आइतबार | Sun Jun 21 2026

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड, वितरणयोग्य मुनाफा कति ?

२१ साउन, काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९/८०मा खुद नाफा बढाएको छ। बैंकले आज सार्वजनिक गरेकाे चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड ५८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १८.६४ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३५ प्रतिशत पुगेको छ। ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ४५ लाख ४६ हजार रुपैयाँ रहेकाे छ ।

बैंकको रिजर्भको आकार ६६.२० प्रतिशतले बढेर २३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १६.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकको ईपीएस २०.७४ रुपैयाँ थियो। पीई रेसियो १०.८१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७०.४८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 6, 2023 at 10:33 am