३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कालीगण्डकीमा नुहाउँदै गरेका भुसाल बगेर बेपत्ता

१९ साउन, दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । बेपत्ता भुसालको खोजी भइरहेको छ ।

प्रकाशित मिति : August 4, 2023 at 1:38 pm