२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायाे अनुमति

१८ साउन, काठमाडाैं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हाे । आयोगको साउन १५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिने निर्णय गरेको हो। यसअघि लिबर्टी इनर्जीले हकप्रद सेयर निष्काशनकाे स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा थप कागजपत्रसहितको निवेदन पेस गरेको थियो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। जसअनुसार कम्पनीले अब ७५ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्नेछ।

प्रकाशित मिति : August 3, 2023 at 12:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/