२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

सर्वसाधारणले एनआईसी एसिया बैंकको सेयर किन्ने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

१८ साउन, काठमाडाैं । एनआईसी एसिया बैंकले बिक्रीमा राखेकाे सेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ। बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियाे । उक्त सेयरमा आज बैंकिङ समयसम्म मात्रै खरिद आवेदन दिन पाइनेछ।

बैंकले बिक्रीमा राखेकाे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। साे सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण वा अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटल काठमाडाैंमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : August 3, 2023 at 10:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/