२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको मेरो सेयर पनि रोक्का हुने

१७ साउन, काठमाडाैं । डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताहरुको ‘मेरो सेयर’ पनि रोक्का हुने भएकाे छ । सीडीएससीले साउन १६ गते मंगलबार एक सूचना प्रकाशन गर्दै डिम्याट खाता (हितग्राही खाता) नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ पनि रोक्का गर्ने जनाएकाे हाे ।

सीडीएससीले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS हुन नसकी क्लोज आउट पर्ने गरेको देखिएकोले सम्पूर्ण लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गराउन सूचित गरिन्छ ।’

‘सीडीएससीको मेरो सेयरमार्फत नै डिम्याट खाता नवीकरण गर्ने व्यवस्था भएपनि कतिपय लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरी मेरो सेयरमात्र नवीकरण गरी प्रयोग गर्ने गरेको पाइएको छ, यसरी डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर आउँदो भदौ १५ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिनेछ। सूचनामा भनिएकाे छ’

प्रकाशित मिति : August 2, 2023 at 1:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/