३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सिनर्जी पावरकाे हकप्रद सेयर निष्काशन मिति तय, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

१७ साउन, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशन गर्ने मिति तय गरेको छ। कम्पनीले साउन २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन २५ देखि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सिनर्जी पवारको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सेयरधनीहरुले हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : August 2, 2023 at 12:18 pm