२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

माछापुच्छ्रे बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड

१७ साउन, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे उक्त विवरणअनुसार चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे खुद नाफा अघिल्लाे बर्षकाे साेही अवधिकाे तुलनामा ९.७५ प्रतिशतले बढी हाे ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेकाे छ । बैंकको सेयधनीलाई लाभांश दिन सक्ने क्षमता १५.२९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेकाे छ भने खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म बैंकको बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४६ करोड ५२ लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १.६० रुपैयाँ बढेर १८.५ रुपैयाँ पुगेको छ । पीई रेसियो १२.८४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.१ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 2, 2023 at 10:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/