२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

छुटाउनु भयाे की ? १२० रुपैयाँमा सर्वसाधारणले प्राइम बैंकको सेयर किन्ने आज अन्तिम दिन

१७ साउन, काठमाडाैं । प्राइम कमर्सियल बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज साउन १७ गते अन्तिम दिन रहेको छ। बैंकले गत साउन ३ गतेदेखि संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे । उक्त सेयरमा आज बैंकिङ समयसम्म  मात्रै खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको साे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसकाे अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै सर्वसाधारण, अन्य  व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। साे सेयर खरिद गर्न चाहाने इच्छुक लगानीकर्ताले कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय काठमाडाैंमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : August 2, 2023 at 9:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/