१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

प्रभु बैंकको १२ लाख २५ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१६ साउन, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीकाे नाममा रहेकाे १२ लाख २५ हजार ४०६ कित्ता सेयर बिक्रीमा  राखेकाे हाे ।

बैंकले बिक्रीमा राखेकाे सेयरमध्ये ९ लाख १७ हजार १०८ कित्ता सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सकिनेछ। भने बाँकी ३ लाख ८ हजार २८९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि बिक्री राखिएकाे यो सेयरमा कुनै पनि खरिद आवेदन नपरेका कारण अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएकाे छ  ।

सर्वसाधारणका लागि बिक्रीमा राखिएकाे उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय काठमाडाैंमा आवेदन दिन सक्नेछन्।

साथै, संस्थापक सेयरधनीहरुले भने ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : August 1, 2023 at 9:46 am