३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

अपर तामाकोशीकाे बुकक्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीहरुले पाउँछन् हकप्रद भर्न ?

१५ साउन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम हकप्रद सेयर निष्कासनका लागि साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाे छ । यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले गत असार २२ गते चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति दिएकाे थियाे । कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। कम्पनीकाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेकाे छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : July 31, 2023 at 5:38 pm