७ असार २०८३, आइतबार | Sun Jun 21 2026

साउन ३१ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै अपी पावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

१४ साउन, काठमाडाैं । अपी पावर कम्पनीले साउन ३१ गतेदेखि  हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीले हकप्रद सेयर बिक्री गर्न गत असार २२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद भर्न पाउनेछन्। लगानीकर्ताले कम्पनीले जारी गर्न लागेकाे हकप्रद सेयरमा  भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

लगानीकर्ताले अपी पावरको कार्यालय, मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ बैंकका तोकिएका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 30, 2023 at 12:52 pm