६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अन्तिम काराेबारकाे दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१२ साउन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ११:१२