३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सिटिजन्स बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी कति ?

१२ साउन, काठमाडाैं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

याे अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा २ अर्ब ७० करोडमा सीमित थियो। बैंककाे सञ्चालन मुनाफा पनि यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४२ प्रतिशतले बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रुपैयाँ पुगेकाे छ। अघिल्लो वर्षकाे यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको इम्पेयरमेन्ट चार्ज ७३ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको इम्पेयरमेन्ट चार्ज ५५ करोड २४ लाख रुपैयाँले ऋणात्मक थियो।

असार मसान्तसम्ममा बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.५९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १४.१२ रुपैयाँ थियो। पीई रेसियो ११.१० रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ०९:४३