७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक थियोः योगेश भट्टराई

११ साउन, काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेश सरकार गठन भएको बेला नै सभामुखको हस्ताक्षर गलत भएको बताएका छन् ।

सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएसँगै सचिव भट्टराईले सामाजिक सञ्जालमा लेख्दै  यस्तो बताएका हुन् ।

सचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ काेशी प्रदेश सरकार र सर्वाेच्चकाे फैसला, सरकार गठनमा सभामुखको हस्ताक्षर गलत। गलत बाटोबाट धारा १६८ (२) अनुरुप मुख्यमन्त्री नियुक्ती असंबैधानिक। जब धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्ति हुँदैन भने स्वत: धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्तीको प्रकृयामा जानु पर्ने होइन र ? फेरी धारा १६८ (२) मा जानु पर्ने चै किन ? राजनीति ?’

न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उद्धव थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति बदर गर्दै संविधानको धारा १६८(२) अन्तर्गत नै पुन:सरकार गठनको आदेश दिएको छ।

गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतम समेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : July 27, 2023 at 4:43 pm