१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

छुट्ला है ! सिनर्जी पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

११ साउन, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन ११ गते बिहीबार अन्तिम दिन हाे । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै सिनर्जीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ ।  कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति : July 27, 2023 at 9:23 am