७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

पुसमा नै निर्वाचन आयोगमा खर्च विवरण बुझाइसकेको छुः विनोद चौधरी

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूले निर्वाचनमा भएको खर्च विवरण बुझाउदा पनि नगर्ने सूचीमा नाम समावेश गरेकोमा ध्यानाकर्षण जनाएका छन् । निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचीमा उनको नाम पनि समावेश भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निर्वाचन आयोगको कदमप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले आफूले  २०७९ पुस ४ गते नै निर्वाचन आयोगमा खर्च विवरण बुझाएको र त्यस विवरणको दर्ता नंम्बर १०९९ रहेको उल्लेख गर्दै निर्वाचन आयोगले खर्च सार्वजनिक नगर्ने सांसदको सूचिमा आफ्नो नाम आएकोमा ध्यानाकर्षण भएको बताए ।

सांसद चौधरीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्ने सांसदको सूचिमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भए लगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ, जसको दर्ता नम्बर १०९९ रहेको छ । तसर्थ, उक्त सूचिबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराईदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १६:३४