६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बुधबार पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१० साउन, काठमाडाैं । साताकाे  चाैंथाे काराेबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ११:०८