उच्च अंकले घट्याे सेयर बजार, २ अर्ब ९१ करोडकाे काराेबार
९ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.२९ अंकले घटेर २२६४.३१ बिन्दुमा बन्द भएकाे छ । मंगलबार २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सोल्टि होटलको सेयर सर्वाधिक खरिदबिक्रि भएकाे छ । आज सबैभन्दा बढी नबिल डिभेञ्चर २०८५ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन किसान लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा उच्च वृद्धि भएको हाे ।
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १५:१३












