७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौद्रिक नीति सन्तुलित छः बैंकर्स संघ

९ साउन, काठमाडाैं । नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सकारात्मक रहेको जनाएकाे छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिले गत सालको नीतिलाई निरन्तरता दिने गरि सन्तुलित ढंगले मौद्रिक नीति आएको बताए ।

गत वर्ष ऋण विस्तार ३ प्रतिशत मात्रै भएको तर ११.५ प्रतिशतको लक्ष्य राखिएको यो अलि कम हो कि भन्ने रहेको अध्यक्ष केसी बताउँछन् । उनले गत वर्ष १२ प्रतिशतको लक्ष्य हुँदा ३ प्रतिशतमा खुम्चिएको बताए । गत साल कसिलो मौद्रिक नीति ल्याउँदा पनि राष्ट्र बैंकले साढे १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य अघि सारेको उनको भनाइ छ ।

उनले भनेका छन् ‘गत साल कसिलो मौद्रिक नीति ल्याउँदा पनि राष्ट्र बैंकले साढे १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य अघि सारेको थियो । यसले कर्जा प्रवाहलाई अझै खुम्च्याउन खोजियो कि ? भन्ने प्रश्नहरु उठेका छन् । तर यसलाई हामीले अंकमा हेर्ने हो भने भिन्न परिदृष्य देखिन्छ ।’

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १०:५१