७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

३ खर्ब ३१ करोडकाे पेट्रोलियम पदार्थ आयात

८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालले ३ खर्बको पेट्रोलियम पदार्थ आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा नेपालले ३ खर्ब ३१ करोड १२ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।

नेपालले गत वर्षमा १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको १४ लाख ८ हजार किलोलिटर डिजेल आयात गरेको छ । त्यस्तै, सो अवधिमा ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल, २० अर्ब ७ करोड ४३ लाख रुपैयाँको १२ लाख ५७ हजार किलोलिटरको एटीएफ र १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको १३ हजार किलोलिटर मट्टितेल आयात गरेको तथ्यांकमा उल्लेश छ ।

साथै, गत वर्ष नेपालले ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँको ५१ करोड ४३ लाख ४० हजार केजी एलपीजी ग्यास आयात गरेको छ । उक्त आयातित पेट्रोलियम पदार्थबाट नेपालले १ खर्ब ४ अर्ब १३ करोड ६७ लाख रुपैयाँको राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १६:३४