२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

व्यापार घाटा १४ खर्ब ५४ अर्ब, १६ खर्ब ११ अर्ब रुपैयाँको आयात

८ साउन, काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा साढे १४ खर्ब पुगेको छ।  भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरण अनुसार मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो। व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा १५.४५ प्रतिशतले कम हो।

गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कम हो।

यसैगरी गत आर्थिक वर्षमा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो ।

प्रकाशित मिति : July 24, 2023 at 3:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/