३७ शाखा घटाउँदै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, कहाँको कुन शाखा हुँदैछ बन्द ? (सूचीसहित)
८ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न ठाउँमा रहेकाे ३७ वटा शाखा कटौती गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हुँदा एकै स्थानमा रहेका शाखा पनि मर्ज गर्न लागिएको बैंकले जनाएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गरी कोशी प्रदेशको उदयपुर, मोरङ, झापा, सुनसरीका ६, मधेशको धनुषा, बारा, सिरहाका ३, बागमतीको काठमाडौं, काभ्रे, चितवन, भक्तपुर, मकवानपुर, रामेछाप र सिन्धुलीका १५, गण्डकीको स्याङ्जा, मुस्ताङ, तनहुँका ४, लुम्बिनीका पाल्पा, दाङ, बाँके, रुपन्देहीका ६, कर्णालीका सुर्खेत र जुम्ला २ तथा सुदूरमश्चिमका कञ्चनपुर १ शाखा बन्द गर्न लागिएको जनाएकाे छ ।
साबिकका दुबै बैंकका एकै स्थानमा रहेका शाखा एक आपसमा गाभ्ने तथा बन्द गर्नका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृत प्रदान गरिसकेको छ । २० मिटरदेखि ५ सय मिटरको दूरीमा रहेका शाखाहरु बन्द र गाभिन लागिएकाे बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ०९:४३