नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा एक महिलाको गोली हानी हत्या
७ साउन, काठमाडौँ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित नेपाल-भारत सीमा क्षेत्रमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । दशगजा पारी अन्दाजी ३५ वर्षीय एक महिलाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले गएराति ती महिलालाइ गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालय घनुषाले जनाएको छ । मृतक महिला नेपाली हुन् कि भारतीय भन्ने पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । भारतीय भूमितर्फ नै गोली लागि महिला ढलेकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागिलगेको छ ।
प्रकाशित मिति : July 23, 2023 at 10:19 am









