७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

ललिता निवास प्रकरणः सचिव राउतलाई छोड्न सर्वोच्चकाे आदेश, अन्य ३ जनाको रिट खारेज

५ साउन, काठमाडाैं ।   सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । अन्य ३ जना बन्दीप्रत्यक्षीकरणको रिट अदालतले खारेज गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीकाे संयुक्त इजलासले सचिव राउतलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै तारेखमा छोड्न आदेश दिएको हाे ।

राउतलाई अनुसन्धान सम्पन्न नभएसमम नेपाल बाहिर जान नपाउने गरी मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको हो ।

उनीसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पक्राउविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १७:१४