धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई दियो ब्रोकर लाइसेन्स
५ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। नेपाल धितोपत्र बोर्डको साउन ४ गतेको बैठकले थप ११ कम्पनीलाई लाइसेन्स दिएको हो ।
धितोपत्र बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिजलाई लाइसेन्स प्रदान गरेको हाे ।
यसअघि बोर्डले पहिलो र दोश्रो चरण गरी कूल १९ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । यसँगै ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १६:३३












