६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

५ साउन, काठमाडाैं । अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर  १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ११:०३