२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, सेयर पाउने कति ?

४ साउन, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा बाँडफाँडको मिति तय भएको छ । कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ साउन ७ गते बिहान ९ बजे  एनएमबिसीएल कार्यालय परिसरमा बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएकाे छ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीकाे आईपीओमामाग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १० हजार ११५ जनाले १०/१० कित्ताका दरले सेयर पाउने छन् । सोहि मध्य एक जनाले थप एक कित्ता गरी ११ कित्ता पाउनेछ ।

कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसअनुसार १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको थियो । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी १ लाख १ हजार १५१ सय कित्ताका सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

प्रकाशित मिति : 16:26