७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बरामद सुन जोख्नका लागि टक्सार लगियो

४ साउन, काठमाडौं ।  बुधवार राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको सुनलाई जोख्नका लागि बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा) लगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।

बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १४:४७