२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

४ साउन, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

यसैबीच संस्थाले सर्वसाधारणहरुमा एफपीओ जारी गर्नका लागि कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बिक्री प्रबन्धकमा नियुक्तको लागि भएको सम्झौतामा सूर्योदय वोमी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सूर्योदय वोमी लघुवित्तको अधिकृत पुँजी रु. १ अर्ब, जारी पुँजी रु. ९१ करोड ५४ लाख ५५ हजार ४६३ र चुक्तापुँजी रु. ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रहेको छ। संस्थाले देशभर १९२ शाखामार्फत १ लाख ७१ हजारभन्दा बढी सदस्यलाई आफ्नो सेवा प्रदान गरिरहेको छ।

 लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०.३%६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४% छ । लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३०% पुर्याउनको लागि एफपीओ जारी गर्न लागेको हो ।

प्रकाशित मिति : July 20, 2023 at 9:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/