अप्पर लोहोरे खोला हाइड्रोकाे आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
३ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले असार ७ गतेदेखि असार २१ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) साउन २ गते मंगलबार बाँडफाँड भएकाे हाे ।
कम्पनीले आफ्नो जारी पूँजीको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २ सय ३६ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ कराेड ९८ लाख ८२ हजार ४ सय रकम बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ९८ हजार ८ सय २४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूको लागि बिक्री खुल्ला गरेकाे थियाे ।
कम्पनीले आईपीओ जारी गरेकाे अवधीभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको १ लाख ९८ हजार ८ सय २४ कित्ता साधारण सेयरहरू बाँडफाँड गरिएकाे कम्पनीले जनाएकाे छ ।
साथै, सम्पूर्ण सि-आस्वा सदस्यहरूले बाँडफाँडमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्कासन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा / रकमान्तरण गर्न र बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन पनि कम्पनीले जानकारी गराएकाे छ ।
कम्पनीकाे आईपीओकाे नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट: www.nicasiacapital.com अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट www. iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।
प्रकाशित मिति : 13:02









