बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफी हाइड्रोपावरले बढायो हकप्रदको आकार
३ साउन, काठमाडाैं । बैंकको ऋण तिर्न रकम अपुग भएपछि बलेफी हाइड्रोपावरले हकप्रद सेयरको अनुपात बढाएको छ । कम्पनी सञ्चालक समितिको साउन २ गते बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।
कम्पनीले यसअघि घोषणा गरेको हकप्रद सेयरले बैंकको ऋण तिर्न अपुग हुने भएपछि आकार बढाउनुपरेको कम्पनीले जनाएको छ। प्रस्तावित हकप्रद सेयर कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् बिक्री प्रक्रिया अघि बढाउने छ ।
प्रकाशित मिति : July 19, 2023 at 11:43 am









