६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक, कति पुग्याे ताेलाकाे ?

३ असार, काठमाडाैं । साताकाे चाैँथाें काराेबारकाे दिन बुधबार नेपाल बजारमा सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको छ।

सुनको यो मूल्य हालसम्मकाे दोस्रो उच्च हो। यसअघि गत जेठ १९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियाे ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ताेलाकाे १ हजार ४९० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ११:१७