७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

३ साउन, काठमाडाैं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।  सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वेलर्सकाे सटरमुनि शङ्कास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी परिसरका पवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।  वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १०:३५