११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

१२० रुपैयाँमा प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा,क-कसले दिन पाउछन् आवेदन ?

३ साउन, काठमाडाैं । प्राइम कमर्सियल बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखेकाे छ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसकाे अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र  अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। लगानीकर्ताले साउन १७ गतेसम्म काठमाडाैंकाे कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०९:५०