२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

आइएमई लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेन्ज ?

२ साउन, काठमाडाैं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार ३० गते, आइतबार नै सम्पन्न भइसकेकाे छ ।

यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे ।

आइएमई लाइफको आईपीओले पहिलो कारोबारका लागि न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतम ५२९.५९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।  नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । २०७८–७९को वास्तविक प्रतिसेयर नेटवर्थ १७६.५३ रुपैयाँ रहेको छ।  साेही नेटवर्थकाे ३ गुणा ५२९.५९ रुपैयाँ हुन्छ ।

प्रकाशित मिति : 17:41