९.९१ अंकले बढ्याे नेप्से, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
२ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे मंगलबार सेयर बजार सामान्य अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ९.९१ अंकले बढेर दुई हजार एक सय ५४ दशमलब ७ विन्दुमा पुगेको छ । आज तीन अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन युनाईटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । आज सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको भएको छ ।
प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १५:२६












