७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित

२ साउन, काठमाडौं । नगरिक लगानी कोषको संचालकमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । कोषको असार ३१ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट संचालकमा खत्री नियुक्त भएका हुन् ।

५२ अर्बभन्दा बढी जीवनबिमा कोष रहेको देशकै ठूलो जीवनबिमा कम्पनीमध्येको एक नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १३:०७