९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

प्रभु बैंकले घटाएर सार्वजनिक गर्याे नयाँ ब्याजदर, अब कुनमा कति ?

३१ असार, काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदर केही घटाउँदै साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले आइतबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचता खातामा न्युनतम ४.५० प्रतिशत र अधिकतम ८.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

असार महिनाका तुलनामा बैंकले साउनमा भने ब्याजदर घटाएको हो । यसअघि बैंकले साधारण बचत खातामा न्युनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र व्यक्तिगत तर्फ ९.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा भने १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार ११:५६