९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?

३१ असार, काठमाडौं । नेपाल बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले भाेलि साउन १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशत ब्याजदर र अधिकतम ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले तीन महिनादेखि ५ वर्षसम्मकाे व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर तोकेको हाे । साथै, बैंकले ६ महिनादेखि ५ वर्षसम्मको संस्थागत मुद्दती निक्षेपमा ६.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेप (बिडिङ) मा ७.४९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, समृद्ध नारी रिकरिङ निक्षेपमा ८.९९ प्रतिशत र इम्प्लोई वेल्फेयर एकाउन्टमा ५.५७ प्रतिशत, नारी सम्मान बचत खाता, नागरिक बचत खाता र बालबालिका बचत खातामा ५‍.६७ प्रतिशत ब्याजदर दिने जनाएको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १०:१८