२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२९ असार, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूकाे नाममा रहेकाे ५ लाख ७९ हजार ८३८ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्छन् भने बाँकी १ लाख ६८ हजार ३९९ कित्तामा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।

अन्य व्यक्ति तथा संस्थाका लागिसमेत बिक्रीमा राखिएको उक्त सेयरमा लगानीकर्ताले १५ दिनभित्र र संस्थापक सेयरधनीहरुका लागि मात्र बिक्रीमा राखिएको सेयरमा ३५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सकिनेछ।

संस्थापक सेयरधनीहरुका लागि बिक्रीमार राखिएको सेयरमा संस्थापक सेयरधनीहरूबाट ताेकिएकाे अवधिमा कुनैपनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : July 14, 2023 at 9:51 am