२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

अधिक तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट फेरि २० अर्ब तान्दै राष्ट्र बैंक, निक्षेप बोलकबोल आज

२८ असार, काठमाडाैं । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले आज असार २८ गते बिहीबार अपरान्ह ३ बजे निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो।

केन्द्रीय बैंकले २९ दिन अवधिको लागि निक्षेप लिन लागेको हो ।  साउन २६ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सक्नेछन् ।

यसअघि असारमै ५ पटकसम्म रिभर्स रिपो जारी गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तानिसकेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि केन्द्रीय बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्दै आएको छ ।

प्रकाशित मिति : July 13, 2023 at 1:37 pm